अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
बिहिबार, पौष ४, २०८१
|
|
२ पटक हेरिएको
Shares
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु

सारांश

  •   ४ पुस, काठमाडौं- अफगानिस्तानको गजनी प्रान्तस्थित राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।
  • राजधानी काबुल र दक्षिणी कान्दाहार बीचको गजनी प्रान्तमा बुधबार राति दुर्घटनामा भएको प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले सामाजिक सञ्जाल एक्समा बताए ।

४ पुस, काठमाडौं- अफगानिस्तानको गजनी प्रान्तस्थित राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।

राजधानी काबुल र दक्षिणी कान्दाहार बीचको गजनी प्रान्तमा बुधबार राति दुर्घटनामा भएको प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले सामाजिक सञ्जाल एक्समा बताए । ‘काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएका छन् । ती घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने ।

मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठोकिँदा दुर्घटना भएको हो । त्यस्तै अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए । उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पु¥याएको र केहीको अवस्था गम्भीर रहेको उनले बताए । दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, तीव्र गतिमा गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना बढ्दो छ । गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
काठमाडौँका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु