पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने

Raju Yadav Raju Yadav
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने

सारांश

  •   २५ मंसिर, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ ।
  • मंगलबार एकैदिनमा उनको बयान सकिएको हो ।
  •   बयानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको थियो ।

२५ मंसिर, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । मंगलबार एकैदिनमा उनको बयान सकिएको हो ।  बयानका लागि उनलाई सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको थियो ।

लामिछानेको बयान सकिएकाले भोलि पोखरा फिर्ता पठाइने पर्सा प्रहरी प्रवक्ता, डीएसपी किशोर लम्सालले बताए ।पर्साको वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा रविसँग बयान लिइएको हो । उक्त सहकारीबाट रवि गोर्खा मिडिया नेटवर्कको प्रबन्धन निर्देशक एवं शेयर सदस्य हुँदा बचत रकम ल्याएर अपचलन गरेको आरोप छ ।  यही प्रकरणमा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग पर्सामा रविको भन्दा अघि बयान भइसकेको छ ।

सहकारीको रकम आउँदा छवि पनि गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए ।  प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान दिइसकेको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर सोही दिन पोखरा लगिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
कोशीमा प्रतिपक्षीले गरे सदन बहिष्कार
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत