सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर १६, २०८१
|
|
३ पटक हेरिएको
Shares
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी

सारांश

  •   १६ मंसिर, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ ।
  • काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो ।

१६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो ।

आइतबार सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ । शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आयो : प्रधानमन्त्री
बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आयो : प्रधानमन्त्री