मुस्ताङबाट ८३ करोडको स्याउ निकासी

Raju Yadav Raju Yadav
|
सोमबार, कार्तिक १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
मुस्ताङबाट ८३ करोडको स्याउ निकासी

सारांश

  •   १२ कार्तिक, मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा स्याउ निकासीबाट यसवर्ष ८३ करोडको भित्रिएको छ।
  • कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यसवर्ष करिब ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा उक्त रकम भित्रिएको हो।
  • कृषि ज्ञान केन्द्र मुस्ताङले स्याउको पोस्ट हाभेस्ट गर्नुअघि किसानको बगैँचामा पुगेर उत्पादन सर्वे गर्ने गर्छ।

 

१२ कार्तिक, मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा स्याउ निकासीबाट यसवर्ष ८३ करोडको भित्रिएको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यसवर्ष करिब ७ हजार ३३० मेट्रिक टन स्याउ उत्पादन हुँदा उक्त रकम भित्रिएको हो।

कृषि ज्ञान केन्द्र मुस्ताङले स्याउको पोस्ट हाभेस्ट गर्नुअघि किसानको बगैँचामा पुगेर उत्पादन सर्वे गर्ने गर्छ। केन्द्रले जिल्लाका किसानको बगैँचामा पुगेर क्रप कटिङ, स्याउको क्षेत्रफल र स्थानीय किसानसँग प्रत्यक्ष सोधपुछ गरी बर्सेनि स्याउ उत्पादनको तथ्यांक निकाल्ने गर्छ। केन्द्रको प्रारम्भिक अनुमान अनुसार यसवर्ष स्याउ उत्पादन राम्रो भएकाले अहिलेसम्मकै ठूलो रकम स्याउ बिक्री निकासीबाट जिल्ला भित्रिएको जनाएको छ।

यसवर्ष स्थानीय जातका ६ हजार ८० मेट्रिक टन स्याउ उत्पादन भएको हो। यस्तै, इटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिमा आधारित स्याउ (हाइब्रिड) १ हजार २५० मेट्रिक टन स्याउ उत्पादन भएको हो। स्थानीय जातका स्याउ प्रतिकेजी ११० रुपैयाँ र हाइब्रिड स्याउ प्रतिकेजी २ सय रुपैयाँमा निकासी हुँदा मुस्ताङमा ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङले बताए।

‘स्याउको अझै पुरै डेटा आइसकेको छैन, स्याउ हार्भेस्ट अन्तिम चरणमा छ, कार्यालय प्रमुख गुरुङले भने, ‘तैपनि हामीले सम्बन्धित किसानको बगैँचामा क्षेत्रफल र क्रप कटिङ गरी प्रारम्भिक तथ्यांक निकालेका हौं, यो वर्ष स्याउ उत्पादन अपेक्षाकृत राम्रो भएको देखियो।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?