सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?

Raju Yadav Raju Yadav
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
सोवितासहित रविको तर्फबाट ६ वकिल बहसमा, बादी पक्षबाट को–को ?

सारांश

  •   ८ कार्तिक, काठमाडौं ।
  • पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थप २५ दिन थुनामा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको खुलेको छ ।
  • न्यायाधीस चन्द्रकान्त पौडेले भने ७ दिनको मात्रै अनुमति प्रदान गरे ।

 

८ कार्तिक, काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थप २५ दिन थुनामा राख्न प्रहरीले अदालतसँग अनुमति मागेको खुलेको छ । न्यायाधीस चन्द्रकान्त पौडेले भने ७ दिनको मात्रै अनुमति प्रदान गरे ।

रविका वकिलहरुले थुनामा राखिरहनु नपर्ने पैरवी गरेका थिए । सहकारी ठगीमा रविको कुनै संलग्नता नरहेको प्रष्ट भइसकेकाले म्याद थप्नु नहुनेमा जोड दिए । सहकारी ठगीबारे छानविन गर्न बनेको संसदीय समितिले पनि रविको संलग्नता औंल्याउन नसकेको उनीहरुले बताए ।बादीपक्षका वकिलहरुले भने रविको सहकारीमा रविका प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको हुँदा गहिरो छानविनका लागि थुनामा राख्नैपर्ने माग गरे । रविले छानविन समितिले सोधेका ५१ वटा प्रश्नको जवाफ चित्तबुझ्दो नदिएको र धेरै कुराहरु संदीघ्ध रहेको जाहेरीकर्ताका वकिल युवराज पराजुलीले बताए ।

पोखरा महानगरपालिकाको वित्तिय विश्लेषणात्मक प्रतिवेदनमा पनि रवि लामिछानेको नाममा पुलेसो कर्जा १ करोड रुपैयाँ निकालिएको उल्लेख भएको प्रत्यक्ष संलग्नता पुष्टि हुने उनको दावी थियो । जिल्ला अदालतमा ४ घन्टा लामो बहस भएको थियो । रविका तर्फबाट ६ जना वकिलहरुले बहसमा भाग लिए । रास्वपा सांसद समेत रहेकी अधिवक्ता सोभिता गौतमले रविको पक्षबाट बहस गरेकी थिइन् । अन्य वकिलहरुमा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, वरिष्ठ अधिवक्ता हरिप्रसाद सुबेदी, अधिवक्ता पदमराज शर्मा, अविक्ता मधुकुमार चौंलागाईं र अधिवक्ता डा.नारायण कँडेल रहेका छन् ।

जाहेरीकर्ताको तर्फबाट अधिवक्ता युवराज पराजुली र अधिवक्ता कृष्णप्रसाद जैसीले बहस गरे । यसैगरी तीनजना सरकारी वकिलले बहस गरेका थिए । रविसँगै छविलाल जोशीको बहसमा पनि सरकारी वकिलहरु उही नै थिए । जोशीको तर्फबाट बरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका छन् । न्यायाधीसले जोशीको पनि ७ दिन म्याद थपे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?