नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ

Raju Yadav Raju Yadav
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
२ पटक हेरिएको
Shares
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ

सारांश

  •   ८ कार्तिक, काठमाडौँ ।
  • सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ३२२.
  • ९८ प्रतिशतले बृद्धि गरेको छ ।

 

८ कार्तिक, काठमाडौँ । सरकारी स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ३२२.९८ प्रतिशतले बृद्धि गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म ६० करोड २१ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा भने नेपाल बैंकको नाफा १४ करोड २३ लाख ७० हजार रुपैयाँ मात्रै थियो । त्यस्तै, बैंकले जगेडा कोषको रकम ४.५३ प्रतिशत, निक्षेप १.१२ प्रतिशत र कर्जा लगानी २.७९ प्रतिशतले बृद्धि गरेको छ ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.४१ प्रतिशत र कुल सञ्चालन आम्दानी ०.०८ प्रतिशत र खुद फि कमिशतन आम्दानी ७.०३ प्रतिशतले घटेको भए पनि सञ्चालन मुनफा ५६४.६१ प्रतिशतले बढ्दा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो । यसैगरी, पहिलो त्रैमासमा बैंकको इपिएस १७ रुपैयाँ ३२ पैसा, नेटवर्थ प्रतिशेयर २६४ रुपैयाँ ७१ पैसा रहेको छ भने खराब कर्जा सामान्य बढेर ३.९४ प्रतिशत पुगेको छ ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ