हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक

सारांश

  •   २८ असोज, विराटनगर ।
  • धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।
  • १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

२८ असोज, विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् । धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । आफू नफर्किउन्जेल साम्पाङले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् । उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।

पत्रमा आर्थिक सहयोग एक दिनको ५हजार रुपैयाँमात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने सर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ । बेलायतमा रहेका नेपालीको निम्तोमा आफू बेलायत जान लागेका उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन
प्रहरीका सहायक हवल्दारसहित ३० जना सम्पर्कविहीन, हाजिर हुन हेटक्वार्टरको निर्देशन