महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित

Raju Yadav Raju Yadav
|
शनिबार, आश्विन २६, २०८१
|
|
३ पटक हेरिएको
Shares
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित

सारांश

  •   २६ असोज, काठमाडौँ ।
  • जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ ।
  • शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

 

२६ असोज, काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै ८२ रन बनाएको थियो ।

डिफेन्डिङ च्याम्पियन रहेको अस्ट्रेलियाको यस विश्वकपमा यो लगातार तेस्रो जित हो । समुह ए मा अस्ट्रेलिया ३ जितसहित ६ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पाकिस्तानको ३ खेलमा २ अंक मात्र रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल भारतविरुद्ध आइतबार खेल्दै छ भने पाकिस्तानले सोमबार न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?