रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते

सारांश

  • २३ असोज, रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
  • मंगलबार साँझ खाँडादेवी गाँउपालिका–३ भीरपानीमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
  •  काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको हो।

२३ असोज, रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मंगलबार साँझ खाँडादेवी गाँउपालिका–३ भीरपानीमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको हो। दुर्घटनामा सिन्धुलीको सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षीया युनिषा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले  जानकारी दिए।  दुर्घटनामा गम्भीर घाइते भएकी किशोरीलाई उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए। बसमा ३५ जना सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप
शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
पाल्पामा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, १३ घाइते
पाल्पामा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, १३ घाइते
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
माग सम्बोधन नभएकोमा जीपी कलेजका विद्यार्थी आक्रोशित
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु
मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै