जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन १६, २०८१
|
|
२ पटक हेरिएको
Shares
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ

सारांश

  •   १६ असोज , काठमाडौँका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।
  •   काठमाडौँ महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो।

१६ असोज , काठमाडौँका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।  काठमाडौँ महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो। उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक
‘ट्रयाक’ खोलेको २६ वर्षपछि कालोपत्र गरिँदै ओढारचौर–ढोडेनी सडक
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने