बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति
सारांश
- १५ असोज , काठमाडौँ ।
- देशका अधिकांश स्थानमा परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ५ अर्ब ८३ करोड बराबरको क्षति भएको छ ।
- असोज १० गतेदेखि परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषि सम्बन्धी पूर्वाधार, आपूर्ति शृङ्खला लगायतमा ५ अर्ब ८३ करोड क्षति पु-याएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।
१५ असोज , काठमाडौँ । देशका अधिकांश स्थानमा परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ५ अर्ब ८३ करोड बराबरको क्षति भएको छ ।
असोज १० गतेदेखि परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषि सम्बन्धी पूर्वाधार, आपूर्ति शृङ्खला लगायतमा ५ अर्ब ८३ करोड क्षति पु-याएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर धानवाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ । सो क्षति सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट संकलन गरिएको हो ।





प्रतिक्रिया