प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते

Raju Yadav Raju Yadav
|
बिहिबार, भाद्र २७, २०८१
|
|
३ पटक हेरिएको
Shares
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते

सारांश

  •   २७ भदौ ,v काठमाडौँ- विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतको संसदीय सुनुवाइ सकिएको छ।
  • संसदीय सुनुवाइ समितिमा उनीहरूको सुनुवाइ बिहीबार सकिएको हो।
  • यसबारेमा भदौ ३० गते निर्णय गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

 

२७ भदौ ,v काठमाडौँ- विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतको संसदीय सुनुवाइ सकिएको छ।Worldlink adsसंसदीय सुनुवाइ समितिमा उनीहरूको सुनुवाइ बिहीबार सकिएको हो। यसबारेमा भदौ ३० गते निर्णय गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। समितिले बिहीबार बेलायत, अमेरिका, श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो। साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो।सरकारले भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको थियो।

त्यस्तै पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङफे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ