सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?

सारांश

  •   २५ भदौ, काठमाडौं।
  • आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नागरिकले तिरेको करको सही सदुपयोग हुन नसकेको बताएका छन् ।
  • मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

२५ भदौ, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नागरिकले तिरेको करको सही सदुपयोग हुन नसकेको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली जनताले विकासको लागि कर तिर्छ । तर, जनताले अहिले लुट र ब्रमलुट देखिरहेका छन्’ उनले भने । सरकारी उद्योग घाटामा वा बन्द हुने तर निजी उद्योग फस्टाउने गरेको बताए । नामै नसुनेका कर जनताले तिर्नुपर्दा समेत महंगी बढेको उनले बताए । कर प्रणालीमा सुधार गरे अर्थतन्त्रमा सुधार हुने उनको सुझाव छ । राज्यसँग आम्दानीको स्रोत रहेको तर, सरकारी उद्योग र संस्थानहरु नै घाटामा रहनु मिल्दो नरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?