श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सारांश

  •   २५ भदौ , काठमाडौँ ।
  • ललितपुरको धापाखेलमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा खोटाङको दिप्रुङचुङ्ग गाउँपालिका–७ घर भएर ललितपुर बस्ने भक्तिराज राई छन् ।

 

२५ भदौ , काठमाडौँ । ललितपुरको धापाखेलमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिप्रुङचुङ्ग गाउँपालिका–७ घर भएर ललितपुर बस्ने भक्तिराज राई छन् ।भदौ १२ मा भक्तिराजकी पत्नी ३५ वर्षीय शशिकला राई धापाखेल स्थित डेरामा मृत भेटिएकी थिइन् । उनलाई पतिले हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले  बताए ।  धापाखेल स्थित नखुडोलमा पत्नीसँगै बस्दै आएका भक्तिराजलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?