प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र १२, २०८१
|
|
६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा

सारांश

  • गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
  • कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ।

१२ भदौ ,प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए।जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं परिसरका एसपी नवराज अधिकारीले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको जानकारी दिए।सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ। ‘सोधपुछका लागि ल्याइएको हो। छानबिन भइरहेको छ। मुद्दा चल्ने नचल्नेबारे आज निर्णय होला,’ उनले भने।अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्न लागिएको हो भन्नेबारे एसपी अधिकारीले छानबिन भइरहेको बताए।गौरा पर्वको कार्यक्रममा सहभागी युवाहरूले प्रधानमन्त्री ओलीको नाम लिएर नाराबाजी गरेका थिए। नाराबाजीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए।साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट हो-हल्ला भएपछि गौरा पर्वको कार्यक्रम विथोल्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।‘तपाईंहरू जति कराउनुछ कराउनुस्। लाज पनि छैन गौरा पर्वको कार्यक्रम विथोल्ने?। यही हो नेपालको चलन? बदमासहरू,’ देउवाले भनेका थिए।धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने देउवाले बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
रुपन्देही कारागार अगाडि भेला हुन थाले रास्वपा कार्यकर्ता
बसबरियाका वडाध्यक्ष महतोको निधन
बसबरियाका वडाध्यक्ष महतोको निधन
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते