अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह

Raju Yadav Raju Yadav
|
मंगलबार, भाद्र ११, २०८१
|
|
३ पटक हेरिएको
Shares
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह

सारांश

  • ११ भदौ , काठमाडौँ : आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरुको सरकार भएको र राज्यमातहतका संस्थाहरुको दोहन गरेर डुबाउन लागिपरेको आरोप लगाएका छन्।
  • काठमाडौँमा मंगलवार शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताका लागि केही गर्न नसक्ने दावी गरे।
  •   प्रमुख पार्टीका शीर्ष नेताहरुको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप पनि उनले लगाए।

११ भदौ , काठमाडौँ : आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार लुटेराहरुको सरकार भएको र राज्यमातहतका संस्थाहरुको दोहन गरेर डुबाउन लागिपरेको आरोप लगाएका छन्।काठमाडौँमा मंगलवार शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताका लागि केही गर्न नसक्ने दावी गरे।  प्रमुख पार्टीका शीर्ष नेताहरुको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप पनि उनले लगाए। अति राजनीतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्न नसकेको गुनासो गरे।  राज्यमातहत रहेका संस्थाहरुलाई दोहन गरेर डुबाउन सरकार लागिपरेको आरोप पनि उनले लगाए। जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर प्रमुख पार्टीहरुले लुट मच्चाइरहेको उनको आरोप थियो।‘देश असफलताको कगारमा छ‚ बर्बाद हुँदै छ। जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ। दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले लाज पनि लजाएको छ‚’ उनले भने, ‘जनतालाई एउटा बाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईंहरुबाट? यस्तो प्रश्न सोध्दा जनतालाई अराजक देख्छन्।’ वर्तमान सरकार र दलहरुले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जन आन्दोलनको आवश्यकता रहेको बताए। आजपाको केन्द्रीय समितिको बैठक मंगलवार र बुधवार चल्ने कार्यतालिका रहेको बताइएको छ। बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?