साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र ९, २०८१
|
|
१ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

सारांश

  •   भुटानलाई पराजित गर्दै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
  • ​सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
  • नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो ।

भुटानलाई पराजित गर्दै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।​सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अविनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो । त्यस्तै नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए।  चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्‍याए । त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औं मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो । भुटान  खेलको ७७औं मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए ।खेलको ७८औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट निराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए । च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा सोमबार भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु
शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : देउवा
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु