सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
सहकारी पीडित आमोद चतुर्वेदी झुन्डिएको अवस्थामा मृत भेटिए

सारांश

  •   ९ भदौ , काठमाडौँ-गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् ।
  • मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
  • मृतक चतुर्वेदी गोकर्णेश्वर–८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् ।

९ भदौ , काठमाडौँ-गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सहकारी पीडित आमोद चतुर्वेदी मृत भेटिएका छन् । मोरङको विराटनगर घर भएका शनिबार राति अत्तरखेलस्थित डेरामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । मृतक चतुर्वेदी गोकर्णेश्वर–८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पैसा जम्मा गरेका बचतकर्ता हुन् । बचत फिर्ता नपाउँदा उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । चतुर्वेदी मृत भेटिएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।  चतुर्वेदी गोकर्णेश्वर–८ स्थित नेपाल मेडिकल कलेजमा कार्यरत थिए । उनले त्यहीँ रहेको कान्ति भैरव सहकारीमा पैसा जम्मा गर्ने गरेको बताइएको छ । चतुर्वेदीले सहकारीमा जम्मा गरिएको बचत रकम लिन दुई वर्षदेखि धाउँदै आएका कान्ति भैरव पीडित सङ्घर्ष समितिका सदस्य राजेशकुमार विष्टले जानकारी दिए । ‘उनले खुट्टा भाँचिएका कारण सहकारीबाट बचत फिर्ता लिन सहकारी धाउने गरेका थिए, उपचार गर्न नपाउँदा चतुर्वेदी तनावमा थिए,’ उनले भने । चतुर्वेदीले उक्त सहकारीमा रु २५ लाख बचत गरेको र सो बचत रकम फिर्ता नपाएका कारण बिरामी श्रीमती र छोरीको उपचार गर्न नपाएको पीडित सङ्घर्ष समितिका पदाधिकारीसँग गुनासो गर्दै आएका सदस्य विष्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
माघ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष फेला
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
आज विश्व क्षयरोग दिवस मनाइँदै
आज विश्व क्षयरोग दिवस मनाइँदै
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
तुईन खोला पहिरो :  यात्रुलाई निःशुल्क बससेवा
तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा