पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र ९, २०८१
|
|
४ पटक हेरिएको
Shares
पाँचवटा संसदीय समितिको बैठक बस्दै, निगमको इन्धन भण्डारण सम्बन्धमा छलफल हुने

सारांश

  •   ९ भदौ , काठमाडौँ ।
  • प्रतिनिधि सभाअन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ।
  • जसअन्तर्गत बिहान ११ बजेका लागि अर्थ समितिको बैठक बोलाइएको छ ।

 

९ भदौ , काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ।

जसअन्तर्गत बिहान ११ बजेका लागि अर्थ समितिको बैठक बोलाइएको छ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने छ । बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजेका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बोलाइएको छ ।

बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल हुने बताइएको छ। दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गरिनेछ । १ बजे नै सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । जसमा बक्यौता विवादका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ