ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ

सारांश

  • २९ साउन, ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
  • मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।
  • पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्।

२९ साउन, ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्। उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्। महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए। उक्त रकम बुझाएपछि ती महिलालाई बुद्धिराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याए। त्यसबेला उनले मौरिसस लेखिएको क्याप समेत लगाउन दिएर फोटो खिचेर मौरिससका नागरिकलाई पठाएका थिए। त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि ब्युरोले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति पाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
एयरपोर्टको गेष्ट हाउसमा महिला र पुरुष मृत फेला
रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन
रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छु
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा
मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने
मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने