सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Raju Yadav Raju Yadav
|
शुक्रबार, श्रावण २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सारांश

  • २५ साउन, काठमाडौं ।
  • सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् ।

२५ साउन, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् ।काठमाडौंंबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले विपरीत दिशामा रहेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।सो दुर्घटनामा मोटरसाइकल चालक राय र मोटरसाइकलको पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको थियो ।चालक रायको उपचारको क्रममा मृत्यु भएको र ठाकुरको सोही अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर केशव कुमार कटुवालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ