आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी

सारांश

  •   २३ साउन, बागलुङको बडिगाड गाउँपालिका-१०, आरुपाटामा गएको पहिरोमा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ।
  • सोही क्षेत्रबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने उपसभामुख बिनाकुमारी थापाका अनुसार गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।
  • बाँकी घाइतेहरूलाई भने बुर्तिबाङको अस्पताल लैजाँदै गरिएको र केही अहिलेसम्म पनि बाटोमै भएको उनले जानकारी दिइन्।

२३ साउन, बागलुङको बडिगाड गाउँपालिका-१०, आरुपाटामा गएको पहिरोमा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ।

सोही क्षेत्रबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने उपसभामुख बिनाकुमारी थापाका अनुसार गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

बाँकी घाइतेहरूलाई भने बुर्तिबाङको अस्पताल लैजाँदै गरिएको र केही अहिलेसम्म पनि बाटोमै भएको उनले जानकारी दिइन्। घटनापछि आरुपाटा पुगेकी थापाका अनुसार बर्खाका कारण बाटो बिग्रिएकाले मूलबाटोसम्म घाइतेहरूलाई बोकेरै लगिएको छ भने त्यहाँबाट बल्ल गाडी चढाएर उपचारका लागि अस्पताल पठाइएको हो। उनका अनुसार पहिरोमा हराएका ४ जनाको पनि खोजी जारी छ। नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अहिले पनि उद्धार जुटिरहेका छन्।

मंगलबार आएको पहिरोले स्थानीय जोगबहादुर बुढाको घर पुरिँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना पहिरोमा हराइरहेका छन्। घटनामा परी ९ जना घाइते भएको उनले बताइन्। मंगलबार बिहान बडिगाड ९ को बलघाँसमा खसेको पहिरोमा परी १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
बिदाको दिन पनि ओपिडी सेवा खोल्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै
रमेश लेखकलाई अदालत उपस्थित गराइयो
रमेश लेखकलाई अदालत उपस्थित गराइयो
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल।