संसद बैठक चार बजेलाई सर्‍यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३, २०८१
|
|
२ पटक हेरिएको
Shares
संसद बैठक चार बजेलाई सर्‍यो

सारांश

  •   ३ जेठ, काठमाडौं ।
  • सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय मागेपछि बिहीवार बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ ।
  • सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सहमति जुटाउन बैठक सारिएको हो ।

 

३ जेठ, काठमाडौं । सहमतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय मागेपछि बिहीवार बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ ।

सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सहमति जुटाउन बैठक सारिएको हो । संसदीय छानबिन समिति गठन नभए संसद् बैठक अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिँदै आएको छ । सभामुख देवराज घिमिरेसँग भएको टेलिफोन कुराकानीमा प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास चलिरहेकाले बैठक सार्न आग्रह गरेका थिए । सरकारको आग्रहमा बैठक अपराह्न ४ बजेसम्म सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?