सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत

सारांश

  • बजेट अधिवेशनको रूपमा परिचित बर्खे अधिवेशनका लागि २८ वैशाखमा आह्वान गरिएको प्रतिनिधिसभाको बैठक गृहमन्त्री रवि लामिछानेकै कारण अवरोध हुने संकेत देखिएको छ।
  • सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गर्ने रास्वपाको निर्णयले संसद् अवरोधको संकेत गरेको हो।
  • संसद्को बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताबीच छलफल चलिरहँदा रास्वपाको सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय लिएको छ ।

काठमाडौं ।

बजेट अधिवेशनको रूपमा परिचित बर्खे अधिवेशनका लागि २८ वैशाखमा आह्वान गरिएको प्रतिनिधिसभाको बैठक गृहमन्त्री रवि लामिछानेकै कारण अवरोध हुने संकेत देखिएको छ। सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गर्ने रास्वपाको निर्णयले संसद् अवरोधको संकेत गरेको हो।

संसद्को बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताबीच छलफल चलिरहँदा रास्वपाको सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय लिएको छ । यसले सदन अवरोध नखोल्ने संकेत गरेको प्रतिपक्षी दलका नेताहरूले बताएका छन्। ‘आफैं सहभागी भएको सरकारले गरेको सदन सञ्चालनको निर्णयलाई ख्यालै नगरी आफ्नो किर्ते जालसाझी र ठगी प्रकरणलाई लुकाउन रास्वपाले गरेको छानबिन समिति अस्वीकार गर्ने निर्णयले बजेट अधिवेशन नचलोस् भन्ने संकेत गरेको छ’ –नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो । महान्यायाधिवक्ता दीनमणि पोखरेलले गृहमन्त्री लामिछानेलाई उनीमाथि उजुरी जाहेरी, अनुसन्धान तथा अभियोजन नरहेको भनी पत्र प्रदान गर्नुभएको थियो। सो पत्र राज्यसंयन्त्रको दुरुपयोग भएको नेपाली कांग्रेसको ठहर छ । ‘सरकार राज्य संयन्त्रको चरम दुरुपयोगमा उत्रिएको छ’, कांग्रेसका प्रमुख सचेतक लेखकले भन्नुभयो– ‘रूपन्देही जिल्ला अदालतले सहकारी गठीमा रवि लामिछानेको संलग्नता देखाएको अवस्थामा महान्यायधिवक्ताले सरकारपक्षकै निर्देशनअनुसार उनको संलग्नता नरहेको भन्ने आशयको पत्र गृहमन्त्रीलाई दिनु राज्य संयन्त्रको चरम दुरुपयोग हो।’https://press4k.com/

निर्वाधरूपमा सदन चलाउने विषयमा मंगलबार सिंहदरबारमा भएको सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको छलफलसमेत बिना निष्कर्ष टुंगिएको छ। सभामुखको कार्यकक्षमा तीन घण्टा लामो छलफल भए पनि नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्‍याएको थियो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो। बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाउने बताएपछि छलफलले मूर्तरूप लिन नसकेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। गृहमन्त्रीले लामिछानेले महान्यायधिवक्ताको पत्रको सारांश उल्लेख गर्दै आगामी संसद् बैठकमा आफूले बोल्न पाउनुपर्ने भनी सभामुखलाई निवेदन पेस गर्नुभएको छ।

आमनिर्वाचनपछि तीनवटा अधिवेशन गुजारेको संघीय संसद्ले जम्मा चारवटा कानुन बनाएर समय सकेको छ। संविधान र संघीयता कार्यान्वयनसँग सम्बन्धित १ सय १७ वटा कानुन बन्न बाँकी रहेका बेला बजेट अधिवेशनमा धेरैभन्दा धेरै विधेयक पारित गर्नुपर्ने दबाब संसद्लाई छ । संसद् सचिवालयका अनुसार दुवै सभामा २५ वटा विधेयक विचाराधीन छन्। हिउँदे अधिवेशनमा कम्तीमा ४० वटा विधेयक ल्याउन गृहकार्य गरेको सरकारले ती विधेयकलाई बर्खे अधिवेशनमा दर्ता गर्ने योजना बनाएको छ। तर, सरकार पक्षको असहिष्णु व्यावहारका कारण विधेयक दर्ता हुनेगरी सदन चल्न नसक्ने प्रतिपक्षको ठम्याइ छ। कांग्रेसले आफ्ना मागहरू यथावत नै रहेको जनाएको छ। प्रमुख सचेतक लेखकले सहकारीमा संसदीय छानबिन समिति नबने सदन अगाडि बढ्न नसक्ने चेतावनी दिनुभएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
लागु औषधसहित १७ जना पक्राउ
लागु औषधसहित १७ जना पक्राउ
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
राष्ट्रसंघका महासचिव गुटरेस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
मधेश प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित
सुनको मूल्यमा नयाँ रेकर्ड, ३ हजारले बढ्यो सुनको मूल्य
सुनको मूल्यमा नयाँ रेकर्ड, ३ हजारले बढ्यो सुनको मूल्य
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
टीआरसीमा पुनर्नियुक्ति माग्दै प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुला पत्र
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह