कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

सारांश

  • १३ वैशाख, काठमाडौं ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।
  • त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।

१३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।

त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए । कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउँछन् । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए ।  मुख्यमन्त्री कँडेलले बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सहमति नजुट्दा मन्त्रिपरिषदले पूर्णता भने पाएको छैन । विहीबार विश्वासको मत लिएपछि मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठकले मन्त्रालय भागबण्डा भने टुंगो लगाएको थियो । बैठकमा भएको सहमतिअनुसार नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय पाउने छ । यस्तै माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
सभापति वा प्रधानमन्त्री पदको लोभ छैन, कांग्रेसको एकताको लागि आवाज उठाउनेछु: शेखर कोइराला
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
सप्तरीमा सवारी दुर्घटनामा दुई जनाको मृ*त्यु, एक गम्भीर
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित
मुम्बईसँग कोलकाता ६ विकेटल पराजित
मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने
मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने