कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १२, २०८१
|
|
४ पटक हेरिएको
Shares
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता

सारांश

  • १२ वैशाख, काठमाडौं ।
  • नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका शेख (राजा) तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।
  • मंगलबार अपराह्न काठमाडौं ओर्लेका अल थानीले आज बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

१२ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका शेख (राजा) तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

मंगलबार अपराह्न काठमाडौं ओर्लेका अल थानीले आज बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । दुवै देशबीच श्रम, पर्यटन, खेलकुद र सञ्चारसहित विभिन्न मन्त्रालयसँग सम्झौता र एमओयू गर्ने तयारी छ । यसअघि अमिरले हिजै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए । उनी भोजमा पनि सरिक भएका थिए ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् । कतारका अमिरको नेपाल भ्रमण मध्यपूर्वबाट भएको हालसम्मकै उच्च हो । कतारबाट अहिलेसम्म नेपालमा राष्ट्रप्रमुखको भ्रमण हुन सकेको थिएन । करिब ५ लाख नेपालीलाई रोजगारी दिएको कतारका अमिरको नेपाल भ्रमण उच्च राजनीतिक तहमा मात्र होइन, आम सर्वसाधारणबीच पनि चर्चाको विषय बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ