मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ५, २०८१
|
|
१ पटक हेरिएको
Shares
मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

सारांश

  • ५ वैशाख जनकपुरधाम ।
  • हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् ।
  • राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् ।

५ वैशाख जनकपुरधाम । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् ।

राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् । यस  अवसरमा रामजानकी मन्दिरमा रामायण र  श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मानिन्छ । भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ ।

मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा भएका श्रीरामको भ्रमणका कथाले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ ।  श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल  परम्पराले पनि श्रीरामसम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिदै आइएको सन्तहरू बताउँछन् ।

यसैगरी आज नै वासन्ती नवरात्रको अन्तिम दिन हो । देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम जारी छन् । हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिदै आइएको छ । शरद् ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । चैती दशहारा पनि भनिने यो पर्वमा देवी पूजन गरेर विसर्जन गरिने मैथिल परम्परा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
विष्णु पौडेलको दाबी- मधेशमा एमाले एक्लो छैन, हुँदैन
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
दश महिनामा प्रदेश सरकारहरुले गरे रु एक खर्ब खर्च
दश महिनामा प्रदेश सरकारहरुले गरे रु एक खर्ब खर्च
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घट्यो
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
यस्तो छ तपाईंको आजको राशिफल
यस्तो छ तपाईंको आजको राशिफल