सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १४, २०८०
|
|
२ पटक हेरिएको
Shares
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

सारांश

  • १४ चैत, धनगढी ।
  • नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले-माओवादी र रास्वपासहितकाे गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे छ ।
  • बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा टीकापुरमा बसेकाे संस्थापक केन्द्रीय सदस्यकाे बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे हाे ।

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले-माओवादी र रास्वपासहितकाे गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे छ ।

बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठकाे अध्यक्षतामा टीकापुरमा बसेकाे संस्थापक केन्द्रीय सदस्यकाे बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेकाे हाे । संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहकाे सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेकाे जानकारी दिए । २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए । प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन् ।

यसअघि नाउपाका संरक्षक रेशमलाल चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन नगर्ने निर्णय गरेकाे थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासकाे मत दिन ह्ववीप लगाएकी थिइन् । सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चाैधरीकाे जाेडबलमा नाउपाका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?