ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १५, २०८०
|
|
१ पटक हेरिएको
Shares
ग्यारेजमा भएको विस्फोटमा घाइते भएका थप एकको  मृत्यु

सारांश

  • १५ फागुन, बारा ।
  • निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ ।
  • विस्फोटमा घाइते भएका ६ जनामध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो ।

१५ फागुन, बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ ।

विस्फोटमा घाइते भएका ६ जनामध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो । निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ । विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विस्फोटक वस्तु निकै शक्तिशाली रहेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । उनले भने, ‘खुला स्थान विस्फोट भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठुलो क्षति हुने देखिन्छ ।’ विस्फोटबाट कारखाना  नजिकका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
कोशीमा उदय परियोजना सुरू, ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
ओमानका विदेशमन्त्री आज नेपाल आउँदै
ओमानका विदेशमन्त्री आज नेपाल आउँदै
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली