कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २६, २०८०
|
|
४ पटक हेरिएको
Shares
कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

सारांश

  • कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ ।
  • शुक्रबार भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो ।
  • पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।

२६ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ ।

शुक्रबार भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति समेत भएको छ ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?