सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
३ पटक हेरिएको
Shares
सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

सारांश

  • २४ माघ, काठमाडौं ।
  • तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ ।
  • बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

२४ माघ, काठमाडौं । तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् । अन्तिम रुप दिने विषयमा छलफल हुने छ । पोखरा बैठकले संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो । सरकारले पूर्वमुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार पारेको छ ।

सो प्रतिवेदनमा अघिल्लो हप्ता प्रधानमन्त्री प्रचण्डसहित छलफल समेत भएको थियो । आज त्यसलाई अन्तिम रुप दिने प्रयास हुने छ । ‘संघ, प्रदेश र स्थानीय तहका अधिकार क्षेत्र संविधानमा उल्लेख भए पनि कतिपय अस्पष्ट विषयलाई कार्यविस्तृतीकरणले थप स्पष्ट पार्छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘सम्भवतः आजको बैठकबाट कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने काम हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदका चार समितिको बैठक बस्दै
संघीय संसदका चार समितिको बैठक बस्दै
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित   
जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित   
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

तपाईंले छुटाउनुभयो कि?