डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २२, २०८०
|
|
१ पटक हेरिएको
Shares
डाक्टरको लाइन्सेस परीक्षामा ५६ प्रतिशत पास

सारांश

  • २२ माघ, काठमाडौं ।
  • नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
  • काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.

२२ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् । मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए । यसभन्दा अगाडि ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा भने ४६ प्रतिशत मात्रै परीक्षार्थी उतीर्ण भएका थिए । परीक्षाको नतिजामा चित्त नबुझे परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।

परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्र लिन अनलाइन आवेदन दिनुपर्ने छ । आवेदन दिएको मितिले १५ दिन पछि प्रमाण पत्र तयार हुने काउन्सिलले जनाएको छ । दर्ता प्रमाणपत्र लिन आउँदा परीक्षणमा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र संकलन प्रमाणपत्र रुजु गरिने हुनाले प्रमाणपत्र लिनका लागि सम्बन्धित परीक्षार्थी नै उपस्थित हुनुपर्ने काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय बहुउद्देश्यीय‌ सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
वीरगञ्जको विवादमा सर्वदलीय बैठक: शान्तिका लागि ३ बुँदे सहमति
वीरगञ्जको विवादमा सर्वदलीय बैठक: शान्तिका लागि ३ बुँदे सहमति
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु