१३ लाख सहित ठमेलको होटल भियानाबाट ११ जुवाडे पक्राउ
सारांश
- १६ माघ काठमाडौं ।
- १३ लाख रुपैयाँ सहित काठमाडौंका ठमेलबाट ११ जना जुवाडे पक्राउ परेका छन्।
- काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रको ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
१६ माघ काठमाडौं । १३ लाख रुपैयाँ सहित काठमाडौंका ठमेलबाट ११ जना जुवाडे पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रको ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया