एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १, २०८०
|
|
३ पटक हेरिएको
Shares
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

सारांश

  • १ माघ, काठमाडौँ।
  • नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
  • अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा महासचिव घनश्याम भुसालले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सम्मानित नेता झालनाथ खनालले जानकारी दिए ।

१ माघ, काठमाडौँ। नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा महासचिव घनश्याम भुसालले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सम्मानित नेता झालनाथ खनालले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षा हुनेछ । सो पार्टीले यही माघ दोस्रो साता बोलाएको विधान अधिवेशनमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि सुझाव सङ्कलन गर्न मस्यौदाको ड्राफ्ट जिल्ला तहका कार्यकर्तालाई पठाएको छ । माघमा हुने विधान सम्मेलनले पारित गरेको विधान मस्यौदा जेठ पहिलो साता हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गर्नेछ ।

राष्ट्रिय सभा निर्वाचनको समीक्षा  

यसैबिच आज बस्ने एकीकृत समाजवादीको सचिवालय बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनबारे समेत समीक्षा गर्ने नेताहरूले बताएका छन् । माघ ११ गते १९ पदका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका २ सहित सत्ता गठबन्धनका १९ उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाहेक एमाले, राप्रपा, जनमत लगायतका उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनका उम्मेदवार जिताउन सत्ता गठबन्धनका शीर्ष नेताले अपिल गरिसकेका छन् । तर राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएसँगै सत्ता गठबन्धनका ठुला दल नेपाली कांग्रेस र माओवादीसँग एकीकृत समाजवादी असन्तुष्ट बन्न पुगेको छ ।

‘राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कांग्रेस र माओवादीले हेपेको महसुस भएको छ । हामीले पाउने ३ सिट पनि नदिएको भन्दै पार्टीभित्र चर्को असन्तुष्टि छ’, एकीकृत समाजवादीका एक पदाधिकारीले असन्तुष्टि पोख्दै भने, ‘कांग्रेस–माओवादीको चालढाल र अभिव्यक्ति हेर्दा सुन्दा गठबन्धनभित्रै गुटबन्दी गरेजस्तो देखिन्छ ।’ यसबारेमा सचिवालय बैठकमा अध्यक्ष माधव नेपालसँग जवाफ मागिने ती नेताको भनाइ छ । ‘अध्यक्षसँग अवश्य पनि जवाफ त मागिन्छ’, उनले भने, ‘गठबन्धनमा हाम्रो प्रस्तुति कमजोर भएको हो वा उनीहरूले नै हेप्न खोजेका हुन् रु त्यसबारे छलफल हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?