पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ७, २०८०
|
|
३ पटक हेरिएको
Shares
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार

सारांश

  • ७ पुस, पोखरा ।
  •   कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
  • पराजुली पक्राउ पुर्जी जारी भएपछि सम्पर्क बिहिन भएका छन् ।

७ पुस, पोखरा ।  कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पराजुली पक्राउ पुर्जी जारी भएपछि सम्पर्क बिहिन भएका छन् । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार थिए । मित्रमिलन सहकारीको रकम अपचलन अभियोगमा अहिलेसम्म पाँच जना पक्राउ परिसकेका छन् ।

पोखरा २१ का वडाध्यक्षसहित केही व्यक्ति अझै फरार छन् । अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको छ । मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकको बयानमा खुलेको र छानबिनका क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ । कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले फरारहरुको खोजी भइरहेको र अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी
नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु