एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २४, २०८०
|
|
२ पटक हेरिएको
Shares
एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

सारांश

  • २४ मंसिर, सर्लाही ।
  • एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।
  • आइतबार सर्लाही सदरमुकाम मलंगवामा रहेको एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

२४ मंसिर, सर्लाही । एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

आइतबार सर्लाही सदरमुकाम मलंगवामा रहेको एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज समिम बाबू खानको नेतृत्वमा विरोध‌ प्रदर्शनमा सहभागीहरूले ‘एनसेलको आयव्यय सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण ग’र, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर’, ‘नो ट्याक्स, नो सिम’, ‘रिजेक्ट एनसेल’, ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘ट्याक्स चिटिङ इज अ क्राइम’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?