धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ६, २०८०
|
|
३ पटक हेरिएको
Shares
धनगढीमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने उपमहानगरपालिका निर्णय

सारांश

  • ६ मंसिर, धनगढी ।
  • धनगढी उपमहानगरपालिकाले निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको छ ।
  • नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाएर उनीहरुको सेवा, सुविधा उपमहानगरपालिकाबाटै व्यहोर्ने निर्णय गरेको हो ।

६ मंसिर, धनगढी । धनगढी उपमहानगरपालिकाले निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा रहेका विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाएर उनीहरुको सेवा, सुविधा उपमहानगरपालिकाबाटै व्यहोर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुल महाशाखाका प्रमुख नरेन्द्र बहादुर खातीले विद्यालयले निजी स्रोतमा राखेका शिक्षकलाई आवश्यकताका आधारमा नगर शिक्षक बनाउने निर्णय भएको जानकारी दिए ।खातीकाअनुसार नगर शिक्षक बनाउने निर्णय भएपनि निजी स्रोतमा कार्यरत सबै शिक्षक भने त्यो भित्र पर्ने छैनन् । स्रोत, साधन भएका विद्यालयको हकमा सम्बन्धीत विद्यालयले नै शिक्षकको सेवासुविधा व्यहोर्ने र अवस्था कमजोर भएका विद्यालयमा कार्यरत शिक्षकलाई भने नगरपालिकाले सेवासुविधा उपलब्ध गराउने उनको भनाई छ ।

‘अहिले निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउनेगरी नीतिगत निर्णय भएको हो । अब त्यसको मापदण्ड बनाएर कार्यान्वयनमा लैजान्छौँ,’ खातीले भने, ‘स्रोत,साधन भएका स्कुलले आफै व्यर्होछन् । नदिइ नहुने अवस्थाका विद्यालयबारे अध्ययन गरेर अघि बढ्छौँ ।’ खातीका अनुसार धनगढी उपमहानगरपालिकामा अहिले एक सय ५९ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । उनीहरुमध्ये कतिपय शिक्षण अनुमति पत्र प्राप्त नगरेका व्यक्ति समेत रहेका छन् । नगर शिक्षक बनाउने क्रममा सम्बन्धित व्यक्तिको योग्यता, दक्षता र शिक्षण अनुमती पत्र भए/नभएको कुरालाई समेत आधार बनाइने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्‍ने, भोलि ओलीले शिलान्याश गर्ने
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
विभिन्न भाषाहरु हाम्रा सम्पत्ति भएकाले मर्न दिनुहुँदैन : प्रधानमन्त्री
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का
एनपीएलमा जनकपुरको पहिलो जित
एनपीएलमा जनकपुरको पहिलो जित
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह