गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २९, २०८०
|
|
३ पटक हेरिएको
Shares
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान

सारांश

  • सर्लाही।
  • धिरोज यादव नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई आज सर्लाहीको इश्वरपुर नगरपालिकामा नगदसहित सम्मान गरेको छ।
  • नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वर्गिय आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गरेको अप्सरा आचार्य फाउण्डेसनको तर्फबाट ५१ हजार १५१ रुपैयाँसहित झालाई सम्मान गरेको हो।

सर्लाही। धिरोज यादव
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई आज सर्लाहीको इश्वरपुर नगरपालिकामा नगदसहित सम्मान गरेको छ।

नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वर्गिय आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गरेको अप्सरा आचार्य फाउण्डेसनको तर्फबाट ५१ हजार १५१ रुपैयाँसहित झालाई सम्मान गरेको हो।

ईश्वरपुर नगरपालिका -२ भक्तिपुर स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको समापनको अवसरमा क्रिकेटर झालाई सम्मान गरिएको मेयर आचार्यले बताउनुभयो । मेयर आचार्य, पूर्व मेयर मनोजकुमार देवकोटा लगायतको उपस्थितिमा नगद र सम्मान–पत्रसहित झालाई सम्मान गर्नुभएको हो ।

https://press4k.com/

चक्रघट्टा गाउँपालिका ७ स्थायी घर भई अहिले मलंगवा नगरपालिका ८ मा बसोवास गर्ने झाले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई टी–ट्वान्टी विश्वकपमा पुर्याउन उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । झालाई यसअघि हिजो मात्रै नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सदरमुकाम मलंगवा मा एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ