सुनचाँदी पसलमा प्रहरीको छापा, ४० किलो चाँदीसहित सञ्चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
१ पटक हेरिएको
Shares
सुनचाँदी पसलमा प्रहरीको छापा, ४० किलो चाँदीसहित सञ्चालक पक्राउ

सारांश

  • १६ कार्तिक, विराटनगर ।
  • करिब ४० केजी चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान रहेका छन् ।

१६ कार्तिक, विराटनगर । करिब ४० केजी चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान रहेका छन् । प्रहरीले सुनचाँदी पसलबाट आज दिउँसो ४० किलो तस्करीको चाँदीको गरगहना बरामद गरेको थियो । पक्राउ परेका सञ्चालक अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका जान भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए । विराटनगर भन्सार कार्यालयले भने बरामद चाँदीको परिणामबारे केही बताएको छैन । विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?