नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३ पटक हेरिएको
Shares
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

सारांश

  • १६ कातिक, जनकपुरधाम ।
  • नेपाल भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत तथा रंगरोगजनको काम सुरु भएको छ ।
  • सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरेको हो ।

१६ कातिक, जनकपुरधाम । नेपाल भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत तथा रंगरोगजनको काम सुरु भएको छ ।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरेको हो । बिहीबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै कार्यको थालनी भएको छ । धनुषामा १५५ सीमास्तम्भ रहेको छ ।

मधेश प्रदेशमा नेपाल र भारत सीमा दशगजामा ४ हजार भन्दा बढी सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने कार्य सुरु भएको मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र साहले जानकारी दिए । विजोर नम्बरको सीमास्तम्भ नेपालले र जोर नम्बरको भारतीय एसएसबीले गर्ने उनले बताए । उनका अनुसार २०७७ साउनमा जिर्ण भएका सिमा स्तम्भ मर्मतसम्भार गर्ने मन्त्री परिषदले निर्णय गरेको थियो । हराइरहेका सिमास्तम्भ निर्माणबारे नेपाल र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए । सो अवसरमा अवसरमा नगराइन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट सन्तोष निमोरिया लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु
नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृ*त्यु
बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै
बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त