समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
सारांश
- २५ भदौ, विराटनगर ।
- चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ ।
- सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने छन् ।
२५ भदौ, विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ ।
सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने छन् । भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् । सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।
मोर्चाले यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा सभा गरिसकेको छ ।असार ४ गते गठन भएको समाजवादी मोर्चाले देशभर संयुक्त सभा गर्दै आएको छ ।


प्रतिक्रिया