२६ जेष्ठ २०८२, आईतवार

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक [सूचनासहित]

 

१८ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिने बोर्डले जनाएको छ ।

 सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?