मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा

सारांश

  • मधेश प्रदेशका अधिकांश सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् ।
  • आइतबार पार्टी विभाजन भएपछि आज सोमबार जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो ।
  • बैठकले पार्टी विभाजनको भत्र्सना गरेको छ ।

२४ वैशाख, जनकपुरधाम । मधेश प्रदेशका अधिकांश सांसद अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएका छन् ।

आइतबार पार्टी विभाजन भएपछि आज सोमबार जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले पार्टी विभाजनको भत्र्सना गरेको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको आवासमा केहीबेर अघि सम्पन्न बैठकले दल विभाजनको षडयन्त्र गर्नेविरुद्ध भत्र्सना गर्नेलगायतका निर्णय गरेको हो । प्रदेश सांसद रामअशिष यादवका अनुसार पार्टी फुटको षड्यन्त्र गर्नेविरुद्ध भत्र्सना गर्दै अगामी दिनमा उपेन्द्र यादवको नेतृत्वमा रहेको संस्थापन पक्षलाई मजबुत गर्ने प्रयास गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको हो ।

जसपाका १९ प्रदेश सभा सदस्यहरूमध्ये सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित थिए । सरोज सिंह कुशवाहाले आफू अत्यन्त जरुरी काममा बाहिर रहेको बताए । आफू बैठकमा उपस्थित हुन नसके पनि छलफलको विषयमा फोनमा आफ्नो मत राखेको प्रतिक्रिया दिए । अन्य दुई जनाको अनुपस्थितिको कारण भने खुलेको छैन । आजको बैठकले जनमत पार्टीले अवरुद्ध गर्दै आएको संसद् सञ्चालनका लागि वार्ता र संवादको मार्फत अघि बढ्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?