नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८३
|
|
५१ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

सारांश

  • नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो ।
  • यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा सवारी आवागमन बन्द रहनेछ ।

१३ मंसिर, काठमाडौं ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो ।

यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा सवारी आवागमन बन्द रहनेछ ।

पहिरो पन्छाउने कार्यका क्रममा सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यद्यपि, काठमाडौँदेखि मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा खण्डमा चल्ने सवारीसाधनको आवागमन भने सुचारु नै रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?