सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज

सारांश

  • उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो ।
  • यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।
  • जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए।

काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ आजदेखि हुँदैछ ।

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए। उनीसँगै सरकारी पक्ष पनि उच्च अदालत पुगेको छ। लामिछानेले जिल्लाको फैसला बदर गर्दै उच्च अदालतबाट सफाइ पाउनुपर्ने माग गरेका छन्।सरकारले पनि नाबालिग बलात्कारकै कसुरमा सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेको छ। लामिछानेको मुद्दामा यो सुनुवाइपछि फैसला वा आवश्यक आदेश हुन सक्नेछ।

जिल्ला अदालत काठमाडौंले एक युवती बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला गरेको थियो। जिल्लाले जाहेरीकर्ता भने बालिग रहेको ठहर गरेको थियो। उक्त फैसलापछि उच्च अदालत पुगेका सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा पाएका थिए। उनले थुना बाहिरै रहेर मुद्दा लडिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
संविधानको विरोध गर्दा पक्राउ परेका व्यक्तिलाई राज्यविरुद्धको कसुरमा मुद्दा​
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
आजको मौसम : हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
८ दिनपछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो
प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठायो