बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध  

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ८, २०८३
|
|
९१ पटक हेरिएको
Shares
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध  

सारांश

  • देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ ।
  • नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।
  • गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा गत असोज २५ गते बिहान ५ः३० बजे गएको बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको छ ।

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा गत असोज २५ गते बिहान ५ः३० बजे गएको बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको छ ।

आरुघाट गाउँपालिका वडा नं. २, ३ र सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, आरुघाट गाउँपालिका वडा नं. ९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।

पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग हाल एकतर्फी रूपमा मात्र सुचारु भएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ
एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
शहिद स्मारक लिगमा आज ३ खेल हुदै
शहिद स्मारक लिगमा आज ३ खेल हुदै
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
राष्ट्रियसभामा संवैधानिक परिषद् विधेयक परिमार्जन
राष्ट्रियसभामा संवैधानिक परिषद् विधेयक परिमार्जन
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
दलित र जनजातीले गरे भारत बन्दकाे आह्वान
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...