अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८३
|
|
१०१ पटक हेरिएको
Shares
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर

सारांश

  • अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा.
  • एस.

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको छ ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको सत्रमा दुई नेताबीच यस विषयमा विचार आदानप्रदान भएको हो । सत्रमा प्रमुख वक्ताका रूपमा सहभागी जयशंकरलाई वाग्लेले विश्व व्यवस्था र क्षेत्रीय सहकार्यको बदलिँदो स्वरूपबारे प्रश्न गरेका थिए ।

वाग्लेले सन् १९९० को दशकमा शीतयुद्धको अन्त्यपछि व्यापार र अर्थतन्त्रमा बहुपक्षीयतालाई प्राथमिकता दिइएको स्मरण गर्दै पछिल्लो समय विश्वमा बढ्दो विखण्डन र व्यापारिक गुटबन्दीले बहुपक्षीय व्यवस्थामाथि चुनौती थपेको बताए ।

उनले विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र उपक्षेत्रीय सहकार्यलाई औपचारिक संरचनामार्फत संस्थागत गर्न सकिने सम्भावनाबारे जयशंकरसँग प्रश्न गरेका थिए ।

‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौं ?’ वाग्लेले प्रश्न गर्दै बहुपक्षीयतालाई क्षेत्रीय तहमा सीमित गर्दै लैजाने प्रवृत्तिले बहुध्रुवीय विश्व व्यवस्थालाई कसरी प्रभाव पार्छ भन्ने जिज्ञासा राखेका थिए ।

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा देशहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यमा बढी केन्द्रित हुन थालेको बताए ।

उनका अनुसार औपचारिक संरचना निर्माण गर्ने क्रममा वार्ता, प्रशासनिक प्रक्रिया, खर्च व्यवस्थापन र नियम निर्धारणमै धेरै समय बित्ने हुँदा कतिपय अवस्थामा मूल उद्देश्य ओझेलमा पर्ने गरेको छ । विश्वका विद्यमान औपचारिक समूहहरूसमेत विभिन्न समस्यासँग जुधिरहेको उनले उल्लेख गरे ।

जयशंकरले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता पहललाई औपचारिक संरचनामा अघि बढाउनु उपयुक्त भए पनि सबै विषयमा एउटै मोडेल लागू गर्न आवश्यक नरहेको बताए । सहकार्यको स्वरूप सम्बन्धित विषय, साझेदार राष्ट्र र उनीहरूको प्रतिबद्धतामा निर्भर हुने उनको भनाइ थियो ।

उनले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहमा सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे । यसले सबै अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संस्थागत संरचनामार्फत नै सञ्चालन हुनुपर्छ भन्ने मान्यता आवश्यक नरहेको उनको तर्क थियो ।

जयशंकरका अनुसार पछिल्लो समय कम प्रशासनिक भार भएका, व्यावहारिक र परिणाममुखी सहकार्यका स्वरूपतर्फ विश्वको प्रवृत्ति बढिरहेको छ । उनले भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीयबाहेक त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका राष्ट्रहरूबीच करिब ५० वटा समूहगत पहल अघि बढाएको उल्लेख गरे ।

प्रश्नोत्तरका क्रममा अर्थमन्त्री वाग्लेले नेपालले विपद्का बेला भारतबाट प्राप्त सहयोगको प्रशंसा गरेका थिए ।

उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद् तथा सन् २०१५ को भूकम्पका बेला भारतले विपद् आएको केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गरे। । त्यसप्रति नेपाल कृतज्ञ रहेको उनको भनाइ थियो ।

वाग्लेले विपद् प्रतिकार्य, ऊर्जा, पोषण र स्वच्छ ऊर्जालगायतका क्षेत्रमा भएका सहकार्यलाई दीर्घकालीन र संस्थागत स्वरूप दिन सकिने सम्भावनाबारे पनि चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
२५ वटा गोरुसहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीनै मिलेको आरोप
जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु
जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...