एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
एनपीएलको ‘अफिसियल टेलिकम पार्टनर’ बन्यो एनटीसी

सारांश

  • यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन–३ को आयोजक नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्।
  • नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवद्र्धन गर्नका लागि समेत यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे।
  • यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागु गर्न र दुई संस्था बिचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उनले बताए।

यही कात्तिक ९ देखि मंसिर ५ गतेगतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल ३) प्रतियोगितामा नेपाल टेलिकम ‘अफिसियल टेलिकम पार्टनर’ रहने भएको छ।

यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन–३ को आयोजक नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवद्र्धन गर्नका लागि समेत यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे। यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागु गर्न र दुई संस्था बिचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उनले बताए।

नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकम जस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेट खेललाई अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरे।

नेपाली खेलकुद क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पु¥याउने विश्वास कम्पनीले लिएको छ। एनपीएलले हालै इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता पाएकोमा टेलिकमले नेपाल क्रिकेट संघ क्यानलाई बधाई ज्ञापन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
विपन्नलाई काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने
विपन्नलाई काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने
सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
वीरगञ्जको कर्फ्यु ११ घण्टाका लागि हट्यो
वीरगञ्जको कर्फ्यु ११ घण्टाका लागि हट्यो
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस विवादमा सर्वोच्चमा सुनुवाइ
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव
प्रधानमन्त्रीओलीलाई महामन्त्री थापाको सुझाव
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ
गोरखा पुगेर प्रचण्डले भने- चुनावमा गरेको वाचा बिर्सेका छैनौँ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...