भारतको सर्वोच्चको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
८० पटक हेरिएको
Shares
भारतको सर्वोच्चको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

सारांश

  • भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ ।
  • अदालतले हिन्दु सामाजिक व्यवस्थामा पिछडिएको वर्ग वा अनुसूचित जातिमा पर्ने व्यक्तिले अर्को धर्म अपनाउँदैमा पहिलेको सामाजिक अवस्थाका आधारमा जातीय आरक्षणको लाभ लिन नसक्ने स्पष्ट पारेको हो ।
  • तमिलनाडुमा धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई आरक्षणको सुविधा दिने विषयसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले मद्रास उच्च अदालतको फैसला सदर गरेको हो ।

२९ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ ।

अदालतले हिन्दु सामाजिक व्यवस्थामा पिछडिएको वर्ग वा अनुसूचित जातिमा पर्ने व्यक्तिले अर्को धर्म अपनाउँदैमा पहिलेको सामाजिक अवस्थाका आधारमा जातीय आरक्षणको लाभ लिन नसक्ने स्पष्ट पारेको हो ।

तमिलनाडुमा धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई आरक्षणको सुविधा दिने विषयसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले मद्रास उच्च अदालतको फैसला सदर गरेको हो ।

मद्रास उच्च अदालतले धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई आरक्षण दिने तमिलनाडु सरकारको निर्णय बदर गरेको थियो ।

सर्वोच्च अदालतले संविधानका प्रावधान र जातीय आरक्षणसम्बन्धी सिद्धान्तका आधारमा यस विषयमा दायर याचिका खारेज गरेको छ ।

अदालतका अनुसार हिन्दु सामाजिक व्यवस्थामा जातका आधारमा कायम रहेको सामाजिक पछौटेपनको अवस्था अर्को धर्म अपनाएपछि स्वत: हस्तान्तरण हुँदैन । त्यसैले पहिले कुनै पिछडिएको वर्ग वा अनुसूचित जातिमा रहेको व्यक्तिले धर्म परिवर्तन गरेपछि सोही आधारमा आरक्षणको दाबी गर्न पाउँदैन ।

यो फैसलाले भारतमा धर्म परिवर्तन र जातीय आरक्षणबीचको सम्बन्धबारे महत्त्वपूर्ण कानुनी व्याख्या गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...