आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
१५१ पटक हेरिएको
Shares
आज देशभर पालिका अधिवेशन गर्दै कांग्रेस

सारांश

  • नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ ।
  • सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।
  • नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् ।

७ असोज, काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।

यसअघि कांग्रेसले वडा अधिवेशन गरेको थियो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ ।

बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
एसईईको परीक्षा चैत ७ र १२ को  परीक्षा वैशाख ११ गतेदेखि हुने
एसईईको परीक्षा चैत ७ र १२ को परीक्षा वैशाख ११ गतेदेखि हुने
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नीलाई १७ वर्षको जेल सजाय
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ
सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद
सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट